Bisal Chautari Logo

अनिस्ताले १ लाख पुरस्कारसँगै ‘मिस मंगोल नेपाल २०१४’को उपाधी चुमिन् (फोटो फिचर सहित)

- २२ चैत्र २०७०, शनिबार १७:४९ मा प्रकाशित


Anista Gurung – Miss Mangol Nepal 2014
ब्रेकर : पुरानो बानेश्वरकी एनी गुरुङले मिस मंगोल नेपाल २०१४ को फस्ट रनरअपको उपाधी चुमिन् । एनीले फस्ट रनरअपको उपाधि आफ्नो पोल्टामा पार्दा बिवशना ढेङ्गाले ‘मिस मंगोल नेपाल २०१४’ को सेकेन्ड रनरअपको उपाधि आफ्नो पोल्टामा पारिन् ।
विशाल चौतारी समाचार
काठमाडौं, २२ चैत ।
एक लाख पुरस्कारसँगै ‘मिस मंगोल नेपाल २०१४’ को अन्तिम प्रतिस्पर्धाबाट  जाउलाखेलका २२ वर्षीया अनिस्ता गुरुङले उपाधि चुमेकी छिन् । विगत पाच वर्ष अगाडी देखी हुदै आएको मिस मंलोग प्रतियोगीताको छैटौ संस्करणमा गुरुङले आफ्ना २५ प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै मिस मंगोल नेपाल २०१४ बन्न सफल भएकी हुन् । उपाधि संगै विजेता गुरुङले एक लाख रुपैया पैसा सहित ताज जित्न सफल भएकी छिन् । बिजेता गुरुङलाई गत वर्षका मिस मंगोल नेपाल २०१३ का पुर्व बिजेता मुस्कान लिम्वुले ताज पहिराई दिएकी थिइन् ।
एक्सन इन्टरटेनमेन्टको आयोजनामा कमलादी स्थित प्रज्ञा–प्रतिस्ठानमा भएको अन्तिम प्रतिस्पर्धाबाट पुरानो बानेश्वरकी एनी गुरुङले मिस मंगोल नेपाल २०१४ को फस्ट रनरअपको उपाधी चुमिन् । एनीले फस्ट रनरअपको उपाधि आफ्नो पोल्टामा पार्दा बिवशना ढेङ्गाले ‘मिस मंगोल नेपाल २०१४’ को सेकेन्ड रनरअपको उपाधि आफ्नो पोल्टामा पारिन् । फस्ट र सेकेन्ड रनरअपले क्रमश : १५–१५ हजारसंगै ताज पाएका छन् ।

अन्तिम प्रतिस्पर्धामा भएका २६ जना प्रतियोगीहरुलाई सुरुमा परिचय पहिलो चरणको प्रतियोगीताबाट सुरु गरिएको थियो । दास्रो राउण्डमा टप १० प्रतियोगीहरुलाई छनौट गर्दै सिधै अन्तिम राउण्ड टप ५ छनौट गरिएको थियो । टप ५ मा एनी गुरुङ, एलिजा घले, अनिस्ता गुरुङ, बवसना ढेङ्गा र सबिना तामाङ छनौटमा परेका थिए ।
टप १० मा छनौट भएका अन्तिम प्रतियोगीहरुलाई आधुनिक तथा पाश्र्व गायनका नम्वर एक गायक राजेशपायल राईले निकै फरक ढंगबाट गीत प्रस्तुत गर्दै टप ५ छनौट नामाकरण गरिएको थियो । गायक राईले आफ्ना चर्चित गीतहरु गाउदै टप पाचँका प्रतियोगीहरुलाई सिटमा राखेका थिए ।
प्रतियोगीतामा ‘मिस मंगोल नेपाल बेस्ट ट्यालेन्ट २०१४’को उपाधि एनी गुरुङले पाउदा बेस्ट स्माइलको उपाधी अमृता सम्बाहाम्फेले आफ्नो पोल्टामा पारिन् । त्यस्तै बेस्ट फोटोजेनीकको उपाधी निग्मा लामा शेर्पाले हात पार्दा, बेस्ट पर्सानालिटीको उपाधि सविना तामाङले जितिन् । त्यस्तै प्रतियोगीतामा क्रमश: बेस्ट हेयर स्टाईलमा प्रसुमा राई, बेस्ट स्किनमा अलिशा घले, मिस फ्रेण्डसिपमा सरिता तामाङले उपाधी चुमिन् । त्यस्तै मिस डिसिप्लेनको उपाधि सुनिता तामाङले पाउदा ‘मिस मंगोल नेपाल कल्चर २०१४’को उपाधी सृजना बज्राचार्यले आफ्नो पोल्टामा पारिन् ।
टप २६ बाट टप १० मा अनिस्ता गुरुङ, एनी गुरुङ, बवसना ढेङ्गा, अमृता सम्बाहाम्फे, एलिसा घले, सबिना मगर, मेरिना लिम्वु, निग्मा लामा शेर्पा र सबिना तामाङ पर्न सफल रहेका थिए ।
‘मिस मंगोल नेपाल २०१४’को प्रमुख निर्णायक पप गायक धिरज राईले सोधेका थिए । भने निर्णयकहरुमा पुर्व ‘मिस मंगोल नेपाल २०१३’ मुस्कान लिम्वु, उत्तम मानन्धर, पत्रकार जयन सुब्बा मानन्ध लगायत रहेका थिए । प्रतियोगीताको कोरीयोग्राफि रोजिन शाक्यले गरेका थिए ।
तस्विरहरु : ज्ञानु राई


 

 

 

प्रतिक्रिया