Bisal Chautari Logo

‘मंगलम, हुर्रे र गाँजाबाजा’को भिडन्त – फ्राइडे रिलिज

- २५ फाल्गुन २०७४, शुक्रबार ०५:०५ मा प्रकाशित


friday movie nepali release
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २५, शक्रबार । फ्राइडे रिलिज अर्थात आज शुक्रबारबाट ३ नेपाली चलचित्र ‘मंगलम, हुर्रे र गाँजाबाजा’ हलमा लागेका छन् । ३ नेपाली चलचित्र हलमा लाग्दा दर्शक बाँडिने भएपछि भिडन्त सुरु भएको छ ।
‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण चर्चामा रहेको निर्माता छविराज ओझाको निर्माण तथा नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मंगलम’ आजबाट हलमा लागेको छ । यो चलचित्रले सिंगल हलमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई, मिथिला शर्मा, निर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको बिषयवस्तु पावरफूल रहेको निर्माता ओझाको दाबी छ ।
उता चलचित्रको नाममै लामो समयदेखि विवादमा रहेको चलचित्र ‘गाँजाबाजा’ पनि आजैबाट हलमा लागेको छ । २ गाँजा खाने यूवाको कथामा निर्माण भएको यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ । मल्टिप्लेक्स हलमा यो चलचित्र चल्ने अड्कल लगाइएको छ ।
त्यस्तै ठेकीमा दहि’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘हुर्रे’ पनि आजैबाट रिलिज भएको छ । कमेडी कथामा निर्माण भएको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।

चलचित्रमा केकी अधिकारी, अनुप विक्रम शाही, राजाराम पौडेल, बिजय बराल, अंकित खड्का, संगीता नापित लगायतका कलाकारको मुख्य भूमिका छ । सिंगल र मल्टिप्लेक्स दुबै हलमा चलचित्र चल्ने विश्वासमा रहेको यस चलचित्रका निर्देशक यम थापाले गरेका छन् ।

प्रतिक्रिया