Bisal Chautari Logo

राजेशको टाकमा ‘मिस मंगोल फस्ट रनरअप’ एनीको पछ्यौरा अल्झिएपछी………..

- २३ चैत्र २०७०, आईतवार १०:४४ मा प्रकाशित


rajesh payal rai and annie gurung – miss mongol nepal first runner up 2014
गसिप
विशाल चौतारी समाचार
काठमाडौं, २३ चैत ।
तपाईलाई याद होला अभिनेता शाहरुख खानको चलचित्र ‘ओम शान्ती ओम’को एक दृश्य । जहाँ अभिनेत्री दीपिका पादुकोणको पछ्यौरा अभिनेता शाहरुख खानको कोटको टाकमा अल्झिएको छ ।
यस्तै दृश्य तर वास्तविकतामा मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिस्पर्धामापनि देखियो । नेपाली आधुनिक तथा पश्र्वगायनका नम्वर एक गायक राजेशपायल राईको कोटको टाकमा जव ‘मिस मंगोल नेपाल २०१४’को फस्ट रनरअप एनी गुरुङको पछ्यौरा अल्झियो, तव सबै दर्शकहरुले उनीहरुलाई ताली बजाएरै स्वागत गरे । गायक राई अहिले सम्म अविवाहीत रहेका कारणपनि दर्शकहरुले जोडी एकदमै जमिरहेको प्रतिकृया दिइरहेका थिए । फेरी अल्झिएको पछ्यौरा यसै खुस्किएन । करिव लामै समयको मेहेनतपछि मात्र यी दुई जोडीले सो बन्धन फुकाए । उता ‘मिस मंगोल नेपाल २०१४’को अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधी मिल्नु, अनी नेपाली आधुनिक तथा पश्र्वगायनका नम्वर एक गायक राजेशपायलको कोटको टाकमा पछ्यौरा अल्झिदा उनी किक्कै मख्ख देखिरहेकी थिइन् ।
सधै बिबाहलाई भगवान्को बरदान मान्ने गायक राजेशपायल राईको बिबाह कहिले जुर्ने हो त्यो भने हेर्न बाकि नै छ । अनी गायक राईकै कुरालाई मान्ने हो भने त्यो अल्झिएको पछ्यौरी भगवान् कै देन हुन पर्दछ । अन्तमा मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिस्पर्धामा आएका दर्शकहरुको सल्लाह अनुसार यति भन्न सकिन्छ की जोडी बबाल छ ।

add

प्रतिक्रिया