Bisal Chautari Logo

मोडल मनिको शब्दमा मेलोडि क्विन गायिका मेलिनाले गीत रेकर्ड गरिन् ( अन्र्तवार्ता भिडियो सहित)

- १५ फाल्गुन २०७४, मंगलवार १०:२४ मा प्रकाशित


Melina Rai and Mani Chamling Rai Interview

विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १५, मंगलबार । मेलोडि क्विन गायिका मेलिना राईले केही दिन अगाडी काठमाडौमा एक गीत रेकर्ड गरेकी छिन् । मोडल मनि चाम्लिङ राईको शब्द तथा अशोक लोहोरुङ राईको संगीतमा ‘छुट्याउन सकिन छु’ बोलको गीतको रेकर्डिङ अन्नपुर्ण स्टुडियोमा भएको छ । गायिका मेलिनासंगै गायक सचिन राईले पनि यस गीतमा स्वर दिएका छन् ।
एक प्रेम जोडीको हुन नसकेको सम्वन्ध माथि बनेको गीत धेरै राम्रो बनेको छ । रेकर्डिङ सकिएपछि विशाल चौतारीसंग कुराकानी गर्दै गायिका मेलिनाले शब्द अनुसार फिलमा डुबेर गाएको बताइन् । संगै यस गीतको शब्दसंग आफुलाई उदाहरण दिदै गायिका मेलिनाले भनिन्,‘ म कसैको भुपु गर्लफ्रेण्ड, मैले कसैलाई धोका दिएको छु, कसैको दिल दुखाएको छु भन्ने यो शब्दको फिल बुझिन्छ’, गायिका मेलिनाले प्रश्ट्याइन् ।
त्यस्तै गायिका मेलिनाको उदाहरणलाई जोड्दै यस गीतका रचनाकार मनि चाम्लिङले भने–‘ तपाइले कसैलाई धेरै माया गर्नुहुन्छ, तर अर्को धनाड्य केटा भेटेपछि त्यो केटसंगै बिबाह गर्नुहुन्छ, तर बिबाहपछि धोका पाउनुहुन्छ । धोका पाएपछि त्यो पुरानो केटाको चोखो मायालाई सम्झिनु हुन्छ ।’ त्यही घट्नालाई आफुले गीतको रुपमा शब्द कोरेको गीतकार मनि चाम्लिङले बताए ।
रेकर्ड भएको गीतको बारेमा बोल्दै मानि चाम्लिङले यस गीतको अडियो, भिडियो चाडै दर्शकमाझ ल्याउनेपनि बताए । अहिले यो गीतको एरेञ्ज हुने काम भइरहेको छ । यस गीतको एरेञ्ज संगीतकार अशोकले नै गरिरहेका छन् । भिडियोलाई निर्देशक राजेश पुमाले निर्देशन गर्ने मानि चाम्लिङले बताए ।

प्रतिक्रिया