Bisal Chautari Logo

अपरहणमा परेका वडा अध्यक्षको ७ बर्षिया छोरा मृत फेला

- ६ फाल्गुन २०७४, आईतवार ०९:४५ मा प्रकाशित


7-year-old son of wada President died
विशाल चौतारी समाचार
कपिलबस्तु, २०७४ फाल्गुन ६ गते आइतबार । कपिलबस्तु, मायादेवी गाउँपालिका–४, पिपराका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् । बालक वडा अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् ।
तीन दिन अघि अपरहणमा परेका भनिएका एमान आज बिहान मृत फेला परेका हुन् । आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीको बताए ।बालक गत विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेको र बाटैबाट वेपत्ता भएका हुन् ।

प्रतिक्रिया