Bisal Chautari Logo

सामाजिक सञ्जालमा भाईरल भइरहेकी प्रिया प्रकाश विरुद्ध यस्तो उजुरी दर्ता

- २ फाल्गुन २०७४, बुधबार ११:४३ मा प्रकाशित


Complaint filed against Priya Prakash
एजेन्सी ।
काठमाडौँ, २०७४ फाल्गुन २ बुधबार । केही दिन देखि सामाजिक सञ्जालमा केरलाकी कलाकार प्रिया प्रकाश भाइरल बनिरहेकी छिन् । उनको तस्बिर र भिडियोहरूले सामाजिक सञ्जालका भित्ताहरू भरिएका छन् । तर प्रियालाई समस्या थपिएको छ । उनी विरुद्ध हैदराबादमा उजुरी दर्ता भएको छ । मुस्लिमको एक युथ समूहले हैदराबाद पुलिस स्टेसनमा प्रियाको विरुद्ध उजुरी दर्ता गराएको हो ।
उक्त मुस्लिम युवाहरूको समूहले भिडियोले मुस्लिमहरूको भावनामाथि खेलबाड गरेको कारण उजुरी दर्ता गरेको बताएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र बाँकी कुरा छानबिन पछि बताउने भारतीय मिडियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया