Bisal Chautari Logo

सुत्दा गरिने गल्ती: जसले स्वास्थ्यलाई निकै हानी गर्छ

- २९ माघ २०७४, सोमबार १०:४४ मा प्रकाशित


Sleeping Mistakes: Who Strongly Health
विशाल चौतारी समाचार
काटमाडौ, २०७४ माघ २९ सोमबार । भन्छन् मान्छेले आधा जीवन त सुतेरै बिताउँछ । निद्रा जीवनलाई गतिशील बनाउनका लागि जरुरी पनि छ । गहिरो निन्द्रा र आरामदायी सुताइ नै अर्को दिनका लागि ऊर्जा हुन् । यही सुताइ बिग्रियो भने दैनिकी मात्रै खलबलिदैन, स्वास्थ्यमा समेत गम्भीर हानी पुर्याउँछ ।

                                                                                                                  फइल फोटो

एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन् । त्यस्तै ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गर्छन् ।
सुत्दा गर्ने सामान्य केही गल्ती यसप्रकार छन्ः
राति कफी पिउनेः कफिन आफैमा उत्तेजक पदार्थ हो । अलि कडा कफी खाएर सुत्दा कफीले सुताईको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ । त्यस्तै पकाएको चिनीले सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अंगलाई दबाब दिन्छ जसका कारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ । तसर्थ रातको समयमा सकभर कफी नपिउनुहोस् । बेडमा जानु अघि त कदापी नपिउनुहोस् । बरु ट्राइफटोफान भएको खानेकुरलाई रातीको स्नायाक्सको रुपमा लिनुहोस् । दही, दुध, केरा, अण्डामा अत्याधिक मात्रामा ट्राइपटोफान हुन्छ । सेरोटोनिन उत्पादन गर्न शरिरलाई एमिनो एसिडको आवश्यकता पर्छ जसले निन्द्राको चक्रलाई नियन्त्रण गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्छ ।
झुलेर बस्नेः झुल्ने विषयमा विभिन्न धारणाहरु रहेका पाइन्छन् । झुल्दा पनि केही मात्रामा सुत्न सकिने विभिन्न विज्ञहरुले बताएका छन् तथापी यो गलत धारणा हो । झुलेर बस्नु समयको बर्बादी हो । किनकी टेबुलमा उँघेर वा झुलेर आफ्नो निन्द्रा पुरा गर्न सकिँदैन ।
पाल्तु जनावरसँग सुत्नेः एउटा अध्ययन अनुसार पाल्तु जनावरलाई सँगै राखेर सुत्ने मानिसहरुमध्ये ६३ प्रतिशत मस्तसँग सुत्न सक्दैनन् । । तसर्थ सुत्दा जहिले पनि पाल्तु जनावरलाई सँगै राखेर नसुत्नुहोला । यदि यी जनावरहरुले अत्यधिक घुर्छन् भने भेटनरी चिकित्सकको सहयोग लिनुहोस् । यी जनावरको र्याल र अन्य रोग मानिसमा सर्ने भएकोले पनि सँगै सुत्नु निन्द्रा मात्रा होइन स्वास्थ्यको हिसाबले पनि उचित छैन ।
अलार्म लगाउनेः कतिपयले अलार्म लगाएर मध्ये रातमा निन्द्राबाट ब्युतिएर आफ्नो काम सकेर फेरि सुत्ने गर्छन् । विशेषगरी कलाकार, साहित्यकार तथा लेखकहरुले यस्तो गर्ने गर्छन् । तर यस्तो ‘ब्रोकन स्लिप’ले मानिसको स्वास्थ्यमा गम्भिर असर गर्छ । यस्तो सुताईले तपाई पूर्ण रुपमा सुतेको अनुभूति गर्न सक्नुहुन्न । यसरी सुत्दा तपाईंले अर्को छुट्टै सुत्ने चक्रको तयार गर्नुहुन्छ जुन अपूर्ण हुन्छ जसका कारण दिउसोभर तपाईं कमजोर अनुभव गर्नुहुन्छ । तसर्थ मध्येरातमा अलार्म नबजाउनुहोस् । जरुरी काम छ भने पनि ठीक उठ्ने समयमा मात्र अर्लाम लगाउनुहोस् । सकभर आफैं ब्युतने प्रयास गर्नुहोस् ।
अत्यधिक मदिरा सेवनः कतिपय अत्यधिक मदिरा पिएर सुत्ने गर्छन् । मदिरा सुत्दा निन्द्रा नलाग्ने होइन । तर, यसरी सुतेको निद बहोसमा ढले जस्तो हुन्छ र भोलिपल्ट टाउको गह्रुंगो हुन्छ । मदिरा सेवन गरेर सुत्दा प्राय मानिसले सपना नदेख्ने पनि यही कारण बताइन्छ । तसर्थ सुत्न जाने बेलामा कहिल्यै पनि मदिरा सेवन नगर्नु उपर्युक्त हुन्छ । एक युनिट मदिरा प्रोसिस गर्न शरिरलाई सामान्यतया १ घन्टा लाग्ने गर्छ । सुत्ने बेलामा बरु मदिराको सट्टा हर्बल टी लिनुहोस् ।
बेडमा प्रविधिको प्रयोगः एक अध्ययन अनुसार सुत्नुभन्दा अगाडि ७८ प्रतिशत मानिसले स्मार्ट फोन, ट्याबलेट, ल्यापटप इत्यदिको प्रयोग गर्छन् । तर, यी उपकरणहरुबाट उत्पादन हुने निलो प्रकाशले सुत्नका लागि सहयोग गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्न ढिलाइमात्र होइन कतिपय अवस्थामा उत्पादनै गर्दैैनन् । तसर्थ बेडमा जाने बेलामा यी समानमा कफ्र्युु लगाउनुहोस् ।
टेलिभिजन खोलेर सुत्नेः ३८ प्रतिशत मानिसहरु बेडमा सुतेरै टेलिभिजन हेर्ने गर्छन् । तर, टेलिभिजन खोलेर सुत्दा तपार्इं भोलिपल्ट बिहान ढिलो उठ्ने सम्भावना त छँदैछ तपाईंको निन्द्रामा पनि असर गर्छ । यसरी सुत्दा तपाईंको सुताईको चक्रमा गम्भीर असर गर्नुका साथै गहिरो सुत्न सक्नुहुन्न । कहिलेकाही बत्ति जाने र मध्यरातमा बत्ती आउँदा तपाईंको निन्द्रामा नै झस्कन सक्नुहुन्छ ।

प्रतिक्रिया