Bisal Chautari Logo

गायक राजेश पायल राईको भ्यालेनटाइन उपहार ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ (भिडियो सहित)

- २८ माघ २०७४, आईतवार ०९:१३ मा प्रकाशित


rajesh payal rai valentine day song
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २८ आइतबार । नेपाली साङ्गीतिक क्षेत्रका मेघा स्टार राई इज किङ राजेश पायल राई अहिले सम्म अबिबाहित नै रहेका छन् । उनलाई विवाहको प्रश्नले हैरानै बनाउन थालेको धेरै वर्ष भएको छ । हालसम्म कोही युवतीसंग अफेयरमा नरहेको बताउने राजेशपायल आफ्ना फ्यानहरुका लागी भने केही न केही र्सप्राइज दिइरहेका हुन्छन् ।
यस वर्षको भ्यालेनटाइन–डेमा गायक राजेश पायलको स्वरमा रहेको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत प्रिमिल जोडीहरुका लागी विशेष हुन सक्छ । बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोमा राधाकृष्ण आचार्यको निर्देशन छ । भिडियोमा सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् ।
यस प्रेमभाव गीतको भिडियो निकै मार्मिक बनेको छ । प्रेम गर्ने प्रेमी–प्रेमिका लागि लक्षित यो गीत राजेशपायलले गाएको पछिल्लो प्रेमभाव युक्त गीत हो । गीतको भावना अनुसार निर्देशक आचार्यले कथा चित्रण गर्न सफल भएका छन् । यस भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया