Bisal Chautari Logo

ब्राजिलमा विमान दुर्घटनामा चालक सहित तीनको मृत्यु

- २५ माघ २०७४, बिहीबार १२:१६ मा प्रकाशित


Three die in the plane crash with a driver in Brazil
विशाल चैतारी समाचार
रियो डे जानेरो, २०७४ माघ २५ बिहिबार। ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा सानो विमान दुर्घटना हँुदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ ।ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो ।
यस दुर्घटनामा उक्त विमानमा रहेका चालक दलका दुई जना सदस्य र अर्का एक यात्रुको मृत्यु भएको हो । एउटा इन्जिनले चल्ने सो सानो विमान दुर्घटना भएको समाचारमा जनाइएको छ ।
गएको चार महिनायता योसहित एक इन्जिनले चल्ने दुई वटा साना विमान दुर्घटना भएका छन् । गएको अक्टोबरमा पनि यस्तै एक विमान दुर्घटनाग्रस्त भएको थियो ।सो दुर्घटनामा परी विमान चालकको मृत्यु भएको थियो भने अन्य एक व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया