Bisal Chautari Logo

सम्बन्ध बिच्छेद गर्न नमान्दा कोठामा थुनेर मटितेल छर्केर जलाएको खुलासा

- २४ माघ २०७४, बुधबार १०:३८ मा प्रकाशित


Disclosure of divorce in the room when the divorce is burnt and burnt out
विशाल चैतारी समाचार
जनकपुरधाम, २०७४ माघ २४ बुधवार । श्रीमानसँग सम्बन्ध बिच्छेद गर्न नमान्दा मटितेल शरीरमा छर्किएर आगो लगाएर हत्याको प्रयास भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मटितेल शरीरमा छर्किएर आगो लगाएर मार्ने प्रयस गरेको हो ।
हजाराको टाउको भन्दा तलको सम्पूर्ण भाग जलेर गम्भीर घाइते भएकी छिन्। उपचारको लागि काठमाडौंको कीर्तिपुर पुर्याइएको छ। शनिबार बिहान ९ बजे जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि पठाएको थियो।
हार्सरका अलिशेख कवारीका छोरा २४ वर्षका रसिद राईनसँग वैवाहिक बन्धनमा बाँधिएकी हजरा जलिराख्दा श्रीमान रसिद घरमै थिए। उनलाई प्रहरीले घटना स्थलाबाटै नियन्त्रणमा लिएको हो।
माइती पक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिका सम्पूर्ण सदस्यले मटितेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँचजना विरुद्ध उजुरी दिएको छ। हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। तर, प्रहरीले हालसम्म हजराको श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ।

प्रतिक्रिया