Bisal Chautari Logo

पुजा भन्छिन् :– समाजमा इज्जत जोगाएर मोड्लिङमा जम्न गाह्रो छ

- २५ चैत्र २०७०, मंगलवार १३:५९ मा प्रकाशित


Pooza-Malla-Thakuri
विशाल चौतारी समाचार
काठमाडौं, २५ चैत ।
पछिल्लो समयमा मोड्लिङ क्षेत्रमा लाग्नेहरुको ताति नेपाली मोड्लिङ जगतलाई नै धान्न नसक्ने किसिमले ओर्लिरहेको छ । यहि क्रममा केहि राम्रा केही नराम्रा सबै किसिमका व्याक्तित्व भएका मानिसहरु आउने गरेका छन् ।
तर यहि भिडमा सामेल हुन लमजुङबाट संर्घस गर्दै आएकी मोडल पुजा मल्ल ठकुरी मोड्लिङमा जम्ने प्रयासमा रहेकी छिन् । सानै उमेरबाट मोड्लिङमा रुचि राख्ने पुजा आफ्नो प्लस टु अध्ययन सकाएपछी मोड्लिङमा लागेको बताउछिन् । मोड्लिङमापनि विशेष गरेर म्युजिक भिडियो तथा विभिन्न विज्ञापनहरुमा अभिनय गर्ने उनको सोख रहेको छ । उनले मोड्लिङका खासै क्लास नलिएपनि डान्समा भने ६ महिनाको प्रशिक्षण लिएको बताउछिन् ।
१९ वर्षकी मोडल पुजा मोड्लिङकै लागी भनेर एसएलसी सकाएर काठमाडौ भित्रिएको बताउछिन् । उनले अहिले एउटा म्युजिक भिडियोमा काम गर्दै मोड्लिङमा डेब्यु गरेकी छिन् । उनले पहिलो चोटी मोड्लिङ गरेको म्युजिक भिडियो गायक प्रिन्स ठकुरीको ‘जुन झै टाढा’ बोलको गीत मार्फत गरेकी हुन् । फोटोसुटमा निकै चासो राख्ने पुजा अफर आएको खण्डमा सिनेमाको स्कृप्ट राम्रो लाग्यो भने चलचित्रमा समेत अभिनय गर्न इच्छुक रहेको बताइन् । र विशेषत समाजमा हुने गरेका नारी व्याथाहरुका कथालाई चित्रण गरीएको चलचित्रमा अभिनय गर्ने अफर मिले राम्रो गर्न सक्ने आत्मविस्वास रहेको पुजाले बताइन् । उनले आफ्नो एक वर्षको मोड्लिङ अनुभव सुनाउदै भनिन्, आफ्नो घरपरिवार, तथा समाजमा भएको आफ्नो इज्जतलाई जोगाएर मोड्लिङमा अगाडी बढ्न निकै चुनौतीपुर्ण हुदो रहेछ ।

add

प्रतिक्रिया