Bisal Chautari Logo

बेलायती सेनाको उच्च तहमा पुगे नेपाली

- २२ माघ २०७४, सोमबार १०:३३ मा प्रकाशित


British army reached high level
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ २२ सोमबार । एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ ।
१ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई अहिले बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ छ। ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले आइतबार भने, ‘म एकदम खुसी छु।
यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ।’ उनको पदावधि अब करिब ५ वर्ष हुनेछ। ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए।

प्रतिक्रिया