Bisal Chautari Logo

हलेसी अग्नि पिडितलाई सहयोग जुटाउन किराती गायीकाहरुको भब्य कन्र्सट (फोटो फिचर सहित)

- १७ माघ २०७४, बुधबार १२:०९ मा प्रकाशित


Helicopters to help the Haili Fire victims
विशाल चैतारी समाचार
ललीतपुर, २०७४ माघ १७ बुधबार । हलेसी अग्नि पिडितका मनमा मलम लगाउन राई किरातिम्म गायन समुहल जुटेका छन् । ११ जना गायीकाहरुको समुहले मंगलबार ललीतपुर मान भवनमा एक सांगितिक कार्यक्रम गर्दै सहयोग संकलन सुरु गरेको हो ।
अग्नि पिडितका घाउमा अलिकति भए पनि मलम लगाउनका लागि यो अभियन थालेको आयोजकले बताए । आउदै फाल्गुण १० गते हलेसीमा एक कार्यक्रम गरि अग्नि पिडितलाई हस्तारण गर्ने आयोजकले जनाएको छ ।
सामाजिक सञ्जाल र घरदैलो कार्याक्रम पनि गर्दै आएको आयोजकको अध्यक्ष गायीका पार्वती राईले बताइन । उनको अनुसार देश बिदेशबाटै सहयो जुटिरहेको छ। बैँक अकाउड नभएकोले गर्दा विदेशमा रहनु हुने सहयोगि मनहरुले समुहको कुनै पनि एक सदस्याको नाममा आएइबाट सहयोग पठाउन सक्ने बताइन।
२०७४ पौष १८ गते खोटाङ्गको हलेसी तुवाचुङ नगरपालिका महादेबस्थान ७ आगोलागि हुदा ४ वटा घर जले नष्ट भएको थियो । आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।
राई किरातिम्म गायन समुहमा सत्याकला राई, पार्वती राई, सरला राई, कला राई, मेनुका राई, बेनुका राई, राधा राई, निलम रोजु राई, तायाहाङमा राई, ममता राई र जानुका राई रहेका छन् ।

प्रतिक्रिया