Bisal Chautari Logo

बाल बिवाह रोक्न प्युठान पुगेकी रेखाले भनिन् ‘छोरीका लागि उचित वर होइन उचित शिक्षा दिनुपर्छ’

- १२ माघ २०७४, शुक्रबार १०:२९ मा प्रकाशित


Rekha reached Puthan to prevent childbirth
विशाल चैतारी समाचार
प्युठान, २०७४ माघ १२ शक्रबार । नायिका रेखा थापा बालविबाह अन्त्यको अभियानमा छिन। आफूले पनि बालविवाहकै कारण विभिन्न पीडासंग जुध्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेकी छन् ।
‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित थापा प्युठान पुगेकी छिन् । महिला हिंसा अन्त्यका लागि अभियानमा सरिक हुँदै प्युठान पुगेकी हुन् । उनिसंगै नरबहादुर कार्की पनि प्युठान पुगेका छन् । अहिले देशभर नै बालबिबाह अन्त्यका लागि अभिभावक,बालबालिका र सरोकारवालालाइ सचेतना फैलाउदै हिडेका छन।अहिलेसम्म आठ वटा जिल्लामा कार्यक्रम गरिएको अभियान्ताले बताए।
विगत एक वर्षदेखि बालविवाह अन्त्यका लागि विभिन्न ठाउँमा प्रवचन र प्रतिबद्धता गराउँदै आएका अन्तर्राष्ट्रिय लाइफ कोच नरबहादुर कार्कीको अभियानलाई नायिका थापाले साथ दिएकि छन् ।
प्युठानको एक कार्यक्रममा कार्की र नायिका थापाले प्युठानवासीलाई पनि बालविवाह अन्त्य गर्न संकल्प गराए । ‘बालबिबाहका कारण शिक्षा,रोजगारी,आर्थिक आर्जन र चेतना लगायतका बिभिन्न अबसरबाट बन्चित हुंदा जीवन परनिर्भर हुन पुग्छ’, कार्कीले भने, ‘अब हाम्रा छोरीचेलीको भविष्य र जीउज्यानको सुरक्षा हुनुपर्छ, सबैले हिंसाको जड बालविवाह अन्त्यका लागि आआफ्ना ठाउँबाट संकल्प गरौं ।’ विभेद र गरिवीरहित आयमुलक सुसुचित समाज बनाउन बालबिबाह अन्त्य हुन जरुरि छ।कार्किले थपे।
थापाले परिवारले छोरीका लागि उचित वरभन्दा पनि उचित शिक्षाका लागि ध्यान दिनुपर्ने बताइन् । ‘हाम्रा अभिभावक छोरीका लागि राम्रो दुलहाको खोजीमा मात्रै ध्यान दिन्छन् तर छोरीको भविष्य कहाँनेर सुरक्षित हुन्छ भन्ने हेर्दैनन्’, कार्यक्रममा उनले भनिन्, ‘आजैदेखि एउटा नारीले गर्वका साथ आफ्नो पहिचान स्थापित नगरेसम्म विवाहका बारेमा परिवारले सोच नबनाउन आग्रह गर्छु ।’अरुको परिचयमा छोरी बांच्ने होइन,आफ्नै परिचयमा बांच्नुपर्छ।उनी भन्छिन।

प्रतिक्रिया