Bisal Chautari Logo

नेपाल आउँदा सलमानलाई १५ सय सुरक्षाकर्मी

- ११ माघ २०७४, बिहीबार १०:४२ मा प्रकाशित


Salman has 1500 security personnel coming to Nepal
विशाल चैतारी समाचार
काठमाडौं,२०७४ माघ ११ बिहिबार । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउदा १५ सय सुरक्षाकर्मीले सुरक्षा दिने भएको छ । यहि फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने एक कार्यक्रमको लागी सलमानसहित बलिउडका १६ कलाकार आउदै छन् ।
                                                                                                             फाइल फोटो

नेपाल आउन लागेका सलमानलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिने बताइएको छ । नेपाल तर्फ बाट र सलमानका ५ सय प्राइभेट सुरक्षाकर्मी ४ सय जना स्वयंसेवक परिचालन गरिने बताइन्छ ।एक कलाकारकै लागि यती धेरै सुरक्षा किन चाहियो भन्ने प्रश्न यतबिेला आयोजक ओडीसी इन्टरटेनमेन्ट समक्ष तेर्सीएको छ ।
सन् १९९४ पछि दोस्रोपटक सलमान खान नेपाल आउन लागेका हुन् । सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आइपुग्नेछन् । ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा बस्ने बताइएको छ । सलमान जम्मा जम्मी नेपाल तिन दिन बस्नेछन् । सलमानको कार्यक्रमको टिकट दर ३ हजार, ५ हजार र १० हजारको हुने बताइएको छ ।

प्रतिक्रिया