Bisal Chautari Logo

टिपरको ठक्करबाट महिलाको मृत्यु

- १० माघ २०७४, बुधबार १३:४३ मा प्रकाशित


Women’s death from the collision of tipper
विशाल चैतारी समाचार
चितवन, २०७४ माघ १० बुधबार । भरतपुर महानगरपालिका–१० गैंडाचोकमा टिपरको ठक्करबाट आज दिउँसो स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२१ की ३६ वर्षीया धनसरी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ६ ख ४४९३ नं को टिपरले विपरीत दिशामा जाँदै गरेको ना ३९ प ८६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भट्टको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर चालक मृतकका छोरालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया