Bisal Chautari Logo

जन्ती बोकेको जीप दुर्घटना हुदा ११ जना घाइते

- १० माघ २०७४, बुधबार १३:३७ मा प्रकाशित


11 injured while jeep accident
विशाल चैतारी समाचार
बैतडी, २०७४ माघ १० बुधबार । सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा जन्ती बोकेका जीप दुर्घटना भएको छ । दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन्।
घाइतेमध्ये पाटन नगरपालिका- ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया-२ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षकले जानकारी दिएको छ ।
सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग१ज ५१९२ नंको जिप र विपरीत दिशाबाट आइरहेको से१ज २१७ नं को जीप सिउडे बजार नजिकै ठोक्किँएको जनाएको छ ।

प्रतिक्रिया