Bisal Chautari Logo

जीप दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

- ४ माघ २०७४, बिहीबार १२:३१ मा प्रकाशित


One killed, 6 injured in jeep accident
विशाल चौतारी समाचार
सिन्धुपाल्चोक, २०७४ माघ ४ बिहिबार । सिन्धुपाल्चोक मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
तातोपानीबाट बाह्रबिसे अउँदै गरेको ना१ख ९९५० नंम्बरको जीप सोही सडकखण्डको सखुवामा दुर्घटना हुँदा गोमा तामाङको मृत्यु भएको हो । जीप सडकबाट तल खसेको जनाइएको छ ।
दुर्घटनामा मानेश्वराका आशा लामा, ठाकुरप्रसाद नेपाल , डोल्मा तामाङ, करुण तामाङ , लब लामा र कुस लामा घाइते भएका छन् । उनीहरूलार्इ उपचारको लागि धुलिखेल ल्याइएको छ ।

प्रतिक्रिया