Bisal Chautari Logo

पुरुषको हत्यापछि बलत्कार गर्ने विश्वकै खतरनाक महिला

- ३ माघ २०७४, बुधबार १२:३१ मा प्रकाशित


The world’s dangerous woman to be raped after the murder of a man
एजेन्सी
लमजुङ, २०७४ माघ ०३ बुधबार । अहिलेसम्म हत्या र बलात्कारका मामिलामा प्राय पुरुषहरु कै नाम अगाडि आउने गथ्र्यो । तर केही महिलाहरु पनि कम निर्लयी हुन भने यो घटनाबाट थाहा हुन्छ । जुन कुरा सुरुमा हरकोहीलाई विश्वासै लाग्दैन । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् रु सायद धेरै विश्वास गर्न गाह्रो पर्ला । तर, मेक्सिको २८ वर्षिय एक महिलाले आफ्नो सुन्दरताको जालमा पारेर धेरै पुरुषहरुको हत्या गर्ने काम गरेकी छिन् ।
जुआना नाम गरेकी ती युवती हाल जेलमा कैद सयाज काटिरहेकी छन् । मेल अनलाइनले दिएको जानकारी अनुसार अपराध स्वीकारेको अभिव्यक्ति दिएकी उनी क्यालिफोर्नियाको एक जेलमा छन् ।
जुआना मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक गिरोह जिटासकी शुटर पनि रहेकी थिइन् । जुआनाका अनुसार उनको बाल्यकाल एकदमै भिन्न तरिकाले बितेको थियो । उनी अरु बच्चाहरुभन्दा एकदमै फरक थिइन् ।
उनलाई सानो देखि नै रक्सी चुरोट धेरै मनपथ्र्यो । उनको जन्म मेक्सिको सिटी नजिक रहेको हिदालागो कस्बे भन्ने ठाउँमा भएको थियो । जब उनी १५ वर्षकी थिइन् । तब उनले आफुभन्दा २० वर्ष जेठो मानिससँग शारिरीक सम्बन्ध बनाएकी थिइन् । उनले एक छोरीलाई समेत जन्म दिएकी थिइन् । आफ्नो छोरीलाई पाल्न उनी त्यसपछि गलत बाटो रोज्दै गइन् । उनी वेश्याबृतिमा लागिन् र ड्रग तस्कर गर्न थालिन् ।जुआनाको ज्यानको खतरा सदैव रहेको थियो । त्यसपछि उनले पुरुषहरुको हत्या गर्न थालिन् । उनले मानिसहरुको घाँटी काटेर हत्या गर्ने गर्थिन् ।त्यसपछि लाशसँग यौनसम्बन्ध बनाउने गर्थिन् । रगत हत्यापछि भाडोमा संकलन गरेर नुहाउने तथा पिउने काम उनी गर्थिन् । हाल उनी जेलमा रहेकी छिन् भने उनको सजायको फैसला हुन बाँकी रहेको छ ।

प्रतिक्रिया