Bisal Chautari Logo

भक्तपुरमा केटिको निउमा मन्दिरमा लगेर इट्टै इट्टाले हानी हत्या

- ३ माघ २०७४, बुधबार ०९:०६ मा प्रकाशित


Brutal kills
विशाल चैतारी समाचार
भक्तपुर, २०७४ माघ ०३ बुधबार । महिलासँगको सम्बन्धलाई लिएर निस्केको विवादमा भक्तपुर चाँगुनारायणमा एक व्यक्तिलाई मन्दिर लगी हत्या गरिएको छ ।
चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजुलाई मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा लगी हत्या गरिएको हो । मंगलबार हत्या गरिएपनि बुधबार विहान मात्र हत्याबारे जानकारी प्राप्त भएको हो ।
कृषि पेसामा आबद्ध सैंजुको शव बुधबार बिहान ५ बजे भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनलाई इट्टै इट्टाले हानी हत्या गरिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार, सो घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उनकै आफन्तहरु रहेका छन् ।

प्रतिक्रिया