Bisal Chautari Logo

२२ वटा घोडा चोरी गर्ने व्याक्ती प्रहरी नियन्त्रणमा

- २ माघ २०७४, मंगलवार १०:५७ मा प्रकाशित


Control of theft of theft of 22 horses
विशाल चैतारी समाचार
अछाम २०७४ माघ ०२ मंगलबार । अछामको भैरवस्थानबाट चोरी भएको २२ वटा घोडा सहित चोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भैरबस्थान प्रहरी चौकीले घोडा र घोडा चोर्ने व्यक्ति नियन्त्रणमा लिएको जनाएको हो ।
कैलालीको बलियाबाट अछामतर्फ ल्याउँदै गर्ने हुम्लाको अलानचुलि गाउँपालिका ४ का धर्मराज संज्याललाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
संज्यालले कैलालीको सुगरखाल हुँदै ल्याउन लागेका साना ठूला २२ वटा घोडा भैरवस्थानमा राखिएको छ । घोडा नियन्त्रणपछि संज्यालाई सोधपुछ गर्दा चोरी गरेर ल्याएको पुष्टि भएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
घोडा मालिकलाई पत्ता लगाएर सम्बन्धित घोडा मालिकहरुलाई बोलाई २२ वटै घोडा र्फिता गरिने प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया