Bisal Chautari Logo

प्रहरीको बर्दी च्यातिने गरी हातपात गर्ने तीन जनालाई सार्वजनिक मुद्दा

- २ माघ २०७४, मंगलवार १०:११ मा प्रकाशित


Hand over the ward of the police
विशाल चैतारी समाचार
भोजपुर, २०७४ माघ ०२ मंगलबार । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो ।
मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ । हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दीसमेत च्यातिएको प्रहरीले जनाएको छ ।
गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरी माथि उनीहरुले हातपात गरेका थिए । रासस

प्रतिक्रिया