Bisal Chautari Logo

मकर नुहाउने क्रममा डुबेर एक वृद्धको मृत्यु

- १ माघ २०७४, सोमबार ११:२१ मा प्रकाशित


One old man died after bathing
विशाल चैतारी समाचार
रत्ननगर, २०७४ माघ ०१ सोमबार । चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

                                                                                                                                                 फाइल फोटो

देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उहाँको उद्धार गरेको थियो ।
गम्भीर अवस्थामा उद्धार गरिएका उहाँको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया