Bisal Chautari Logo

मन्दिरमा बोलाएर ढुङ्गाले हानी महिलाको हत्या

- १ माघ २०७४, सोमबार १०:४४ मा प्रकाशित


The murder of a woman called to the temple
विशाल चैतारी समाचार
कामाडौँ, २०७४ माघ ०१ सोमबार। काठमाडौंको बल्खुस्थित भुवनेश्वरी मन्दिरमा बोलाएर एक महिलाको हत्या गरिएको छ । मन्दिरमा नुवाकोट घर भएकी अन्दाजी ४० बर्षीया अप्सरा तामाङको टाउकोमा ढुंगाले हानेर हत्या भएको हो ।
आइतबार दिउसो हत्या गरेएको अबस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीप क्षत्रीले जानकारी दिए ।एक व्यक्तिले मन्दिरमा कुरा गर्न बोलाएर उनको हत्या गरेको प्रहरीको अनुमान छ ।
घटनास्थलमा भेटिएको मोबाइलका आधारमा प्रहरीले केही शंकास्पद व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ। काठमाडौँमा ज्यामी काम गर्दै आएकी तामाङ श्रीमानसँग छुट्टिएर बस्दै आएकी थिइन् ।

प्रतिक्रिया