Bisal Chautari Logo

चलचित्र ‘मिस्टर झोले’लाई दर्शकले रुचाए || दर्शकको प्रतिक्रिया (भिडियो सहित)

- ३० पुष २०७४, आईतवार १५:३२ मा प्रकाशित


Mr jholay movie hall report dayahang rai and deeya pun
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौस ३० आइतबार । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ले दर्शकको राम्रो साथ र माया पाउन सफल भएको छ । चलचित्र हेरेर निस्किएका प्राय सबै दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिए ।
पहिलो दिन ७० प्रतिशत अकुपेन्सी रहेको सिनेमाले शनिबार ९० प्रतिशत माथीको अकुपेन्सी कायम गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । चिसोका कारण शनिबार विहानका शोज केहि प्रभावित भएपनि दिउँसो र बेलुकाका ९० प्रतिशत शोज हाउसफुल रहेको शाहीले बताए ।
शनिबार राजधानीका केहि मल्टीप्लेक्समा सिनेमाका कलाकारसहित निर्माताहरु दर्शक प्रतिक्रिया बुझ्न पुगेका थिए । जहाँ दर्शकले सिनेमा एकदमै मन परेको प्रतिक्रिया दिए । सिनेमाको कमेडी पाटोलाई दर्शकले अत्याधिक रुचाएका छन् । निर्माताद्वय टेकेन खड्का र रौनकविक्रम कँडेल दर्शक प्रतिक्रियाबाट उत्साहित भएका छन् । सिनेमाको माउथ पब्लिसिटी राम्रो भएकाले आगामी दिनमा दर्शक अझैं बढ्न सक्ने दुवै निर्माताले आशा व्यक्त गरे ।
सिनेमाका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक यतिबेला शोको लागी हङकङ पुगिसकेका छन् ।
दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको सिनेमाले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ ।
रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटारसुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।
सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

दर्शक प्रतिक्रिया

प्रतिक्रिया