Bisal Chautari Logo

शरिरका विभिन्न अङ्गमा लुकाएर ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ

- ३० पुष २०७४, आईतवार १०:०८ मा प्रकाशित


Determine 2 persons including medicinal drugs
विशाल चौतारी समाचार
नवलपरासी, २०७४ पौस ३० आइतबार । नवलपरासी । नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ परेको छ । मध्यविन्दु नगरपालिका ७ बाट जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो ।
                                                                                                              फाइल फोटो

प्रहरीको अनुसार चेकजाँच टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५८४१ नम्बरको बसमा जाँच गर्ने क्रममा शंका लागि चेकगर्दा चितवन भरतपुर महानगरपालिका ७ बस्ने ३३ वर्षका गणेश श्रेष्ठको साथबाट डाईजोपाम १५ थान, फेनेरागन १० थान र नुफ्रीन १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै सोही स्थानमा नै ना ५ ख ५००६ नम्बरको बसमा सवार चितवन भरतपुर महानगरपालिका ११ बस्ने १७ वर्षका शुवास मानन्धर पनि लागु औषध सहित पक्राउ परेका छन् । उनलाई पनि शंका लागेर जाँच गर्ने क्रममा लागु औषध फेला परेको हो । उनको साथबाट ६० थान डाईजोपाम, ६० थान फेनेरागन र ६० थान नै नुफ्रीन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुवै जनाले शरिरका विभिन्न अङ्गमा लुकाई छिपाई लागु औषध ल्याएका थिए । दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखेर सोधपुछको काम भैरहेको छ । रासस

प्रतिक्रिया