Bisal Chautari Logo

ट्र्याक्टरले ठक्कर दिँदा गोरु मर्यो

- ३० पुष २०७४, आईतवार ०९:२० मा प्रकाशित


When the tractor hit, the ox died
विशाल चौतारी समाचार
गौशाला, २०७४ पौस ३० आइतबार । महोत्तरी जिल्ला, गौशाला नगरपालिका–१ रामनगरस्थित शर्मा चोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा टायरगाडामा जोतिएको एक गोरु मरेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार गौशालाबाट स्थानीयवासी शम्भु महतोले टायरगाडामा उखु बोकी रामनगर चिनी मिल जाँदै गरेको अवस्थामा मिलबाटै आइरहेको ज१त १०६१ नंको ट्र्याक्टरले शर्मा चोकमा टायरगाडालाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
प्रहरीले ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएको छ । यता गोरुधनी महतो क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै स्थानीयवासीका साथमा इलाका प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया