Bisal Chautari Logo

नवराज सिलवाल मलेसिया नभएर नेपालमै रहेको खुलासा

- ३० पुष २०७४, आईतवार ०९:०७ मा प्रकाशित


Nawaraj Silwal revealed in Nepal
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ पौस ३० आइतबार । नेपाल प्रहरीका पूर्वडीआईजी एवं नवनिर्वाचित सांसद नवराज सिलवाल नेपालमै रहेको खुलासा भएको छ ।सिलवालले मलेसिया गएको भने पनि उनी नेपालमै रहेको खुलासा भएको हो ।
                                                                                                                        फाइल फोटो

सिलवालले प्रहरीलाई छक्याएको पुष्टि भएपछि उनको तीव्र खोजिरहेको नेपाल प्रहरीको हेडक्वार्टर स्रोतले बतायो । सिलवालले पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको दाबी गरे पनि नेपालमै रहेर उनले छक्याएको निष्कर्ष प्रहरीले निकालेको छ । सिलवालले जुन एयरलाइन्सबाट गएको बताएका थिए, त्यो एयरलाइन्सको त्यस दिने उडान नभएको र जुन ठाउँमा कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको प्रहरीको हेडक्वार्टर स्रोतले जनायो ।
स्रोतका अनुसार, प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘जहाँ भेट्यो, त्यहीँ पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया