Bisal Chautari Logo

नेपालमा चीनको इन्टरनेट सुरु भएको भारतले देखि सकेन

- ३० पुष २०७४, आईतवार ०८:४६ मा प्रकाशित


China’s Internet launch in Nepal
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ पौस  ३० आइतबार । नेपालमा चिनियाँ ईन्टरनेट सेवाको उद्घाटन भएपछि भारतमा भने यस विषयलाई लिएर चर्चा सुरु भएको । शुक्रबार साँझ भारतको चर्चित नव भारत टाईम्स अनलाईनले नेपालमा चिनियाँ ईन्टरनेटको शुभारम्भ भएको विषयलाई महत्वका साथ छापेको छ ।
                                                                                                                          फाइल फोटो

हिजो शुक्रबारदेखि औपचारिकरुपमै नेपाल– चीन इन्टरनेट संजालमा जोडिएका हुन। शुक्रबार संचारमन्त्री मोहनबहादुर बस्नेतले कनेक्सनको प्राविधिक उद्घाटन गरेका हुन्। नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको हो ।
नव भारत टाईम्स अनलाईनमा मुख्य समाचार बनाईएको सो समाचारमा नेपालको भारतसँगको अर्को परनिर्भरता हटेको भन्दै नेपालले चीनको हात थामेको उल्लेख गरेको छ । सो समाचारमा नेपालले पर्वत पछाडिको मुलुक चीनको अप्टिकल फाईबरसँग जोडिएसँगै नेपाल अब ईन्टरनेटको दुनियाँमा पनि भारतको एकाधिकारबाट मुक्त भएको उल्लेख गरेको छ ।
अन्तरदेशीय सम्पर्कमा वैकल्पिक मार्गप्रशस्त भई नेपाल–चीनबीच छोटो दूरीमा दूरसञ्चार व्यवसाय शुरु हुनुलाई उपलब्धिमूलक मानिएको छ । आगामी दिनमा सस्तो र सुलभ दरमा दूरसञ्चार सेवा आदानप्रदान गर्न सकिनुका साथै चीन र भारतबीचको पारबाहन सम्पर्कस्थल ९ट्रान्जिट प्वाइन्ट०का रुपमा नेपाललाई विकास गर्न सकिने भएको छ । उच्च हिमाली क्षेत्र तथा दुवैतर्फको कठिन भूभागका बाबजुद सञ्चालनमा आएको यस सेवालाई समुद्रसम्म फाइबर बिछ्याउनका लागि दीर्घकालीन नयाँ विकल्पका रुपमा हेरिएको छ।

प्रतिक्रिया