Bisal Chautari Logo

धनकुटामा आन्दोलन जारी: आजबाट झनै चर्कियो

- २४ पुष २०७४, सोमबार १०:४६ मा प्रकाशित


Dhankuta movement continues: More than today,
विशाल चौतारी समाचार
धनकुटा,२०७४ पुस २४ सोमबार । प्रादेशिक राजधानीको माग राख्दै धनकुटाबासीले आमहड्ताल जारी राखेका छन् । आइतबार हिजो केही खुकुलो गरिएको भएपनि आज फेरि कडा भएको छ । मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेकाले अस्तिकै आन्दोलनलाई निरन्तरता दिइएको स्थानिय अगुवारुले बताएका छन् । हड्तालका कारण यातायातका साधन, बजार, पसल, शैक्षिक संस्था बन्द गरिएको छ ।
सरकारको निर्णयका आधारमा आन्दोलनको स्वरुप परिवर्तन गरिने आयोजकले जनाएका छन् । एक नम्बर प्रदेशको राजधानि धनकुटा हुनुपर्ने माग राख्दै उनिहरु विगतबाट आनदोृलनमा उत्रिएका छन् ।
सरकारले प्रदेशको राजधानि विराटनगर तोकेको भन्दै उनिहरु झनै आक्रोसित भएका थिए । तर सरकारले भने कुनै प्रदेशको अस्थाई मुकाम नतोकेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया