Bisal Chautari Logo

प्रधानमन्त्री देउवालाई आइलाग्यो यस्तो आपतिस् अब के गर्लान्

- २४ पुष २०७४, सोमबार १०:२९ मा प्रकाशित


Prime Minister Deva has come to such a situation
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २४ सोमबार । प्रदेशसको स्थाई राजधानी टुगंो लगाउन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । अहिलेलाई प्रदेशको राजधानी नतोकी प्रदेश प्रमुख मात्रै तोक्ने तयारी भए पनि यसमा एमाले लगायत दलले बिरोध गरेका र यसो गर्नु संघीयताको मर्म विपरीत हुने टिप्पणी बढेपछि अलमलमा परेका हुन् ।
राष्ट्रियसभा चुनावअघि प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधान अनुसार प्रदेशको स्थायी राजधानी टुंग्याउने काम प्रदेशसभाको हो । त्यसअघि सरकारले अस्थायी राजधानी टुंगो लगाउन सक्ने संविधानमा उल्लेख छ । अस्थायी राजधानी र प्रदेश प्रमुख टुंगो लागेपछि प्रदेशसभाका सांसदले सम्बन्धित प्रदेश कार्यालयबाट शपथ लिनुपर्छ ।
त्यसपछि मात्रै राष्ट्रियसभा चुनावमा उनीहरुले मत दिन पाउँछन् । राष्ट्रियसभाको चुनाव माघ २४ गतेका लागि तय भैसकेको छ । माघ २४ गते राष्ट्रियसभा चुनाव हुने भएपछि एक दुई दिनभित्रै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुंगो लगाइसक्नुपर्ने बाध्यता छ ।
त्यसो त राष्ट्रियसभा चुनावको मिति घोषणाअघि नै सरकारले प्रदेशको अस्थायी राजधानी टुंग्याउने गृहकार्य गरेको हो । यसअनुसार सातवटै प्रदेशको अस्थायी राजधानी रहने ठाउँबारे अध्ययन पनि भैसकेको थियोे । मन्त्रिपरिषद बैठकमा छलफल हुनुअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र शहरी विकास मन्त्रालयले अस्थायी राजधानी रहने ठाउँबारेको प्रस्ताव सार्वजनिक गरेपछि ठाउँठाउँमा आन्दोलन चर्किन थाल्यो ।
प्रदेशको राजधानी तोक्दा पनि बिरोध हुने, नतोक्दा पनि बिरोध हुने भएपछि अर्को विकल्पबारे सरकारले छलफल अगाडि बढाएको छ । हाललाई उच्च अदालत रहेकै ठाउँमा प्रदेशसभा सदस्यको शपथ गराउने गृहकार्यमा सरकार लागेको छ ।

प्रतिक्रिया