Bisal Chautari Logo

रक्सी पिएर कार्यालयमा जतासुकै पिसाब गर्ने हाकिम पक्राउ

- २१ पुष २०७४, शुक्रबार १०:३० मा प्रकाशित


Always hold the liquor’s office in the office by drinking alcohol
विशाल चौतारी समाचार
उदयपुर,,२०७४ पुस २१ शुत्रबार । उदयपुरको गाईघाटमा रक्सी सेवन गरेर कार्यालय आउने जिल्लाका एक अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
कार्यालय प्रमुख तिम्सिनाले मादक पदार्थ सेवन गरी जताततै पिसाब फेर्ने, महिलाहरूलाई अभद्र व्याहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो कर्मचारीहरुले राखेका थिए ।त्यती मात्र नभई कार्यालयकी सहयोगी पूर्णिमा मगरको मासिक पाउने आठ हजार रुपैयाँमा तीन हजार तलबसमेत तिम्सिनाले खाइदिने गरेको खुल्न आएको छ ।मगरले आफूले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले लैजाने गरेको बताइन् ।

प्रतिक्रिया