Bisal Chautari Logo

अहिले नै केपी ओलीलाई प्रधानमन्त्री बराबरको सुरक्षा, प्रधानमन्त्री भएपछि कस्तो होला ?

- २० पुष २०७४, बिहीबार १३:०५ मा प्रकाशित


Presently KP Oli is the equivalent of prime minister
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २० बिहिबार । नेकपा एमाले अध्यक्ष ओलीलाई अहिले नै केपी ओलीलाई प्रधानमन्त्री बराबरको सुरक्षा दिएको छ । पछिल्लो निर्वाचन पछाडी अवको भावी प्रधानमन्त्रीको स्थानमा हेर्न पनि थालीएको छ ।
                                                                                                                   फाइल फोटो

प्रहरी प्रधान कार्यालय नक्सालले ओलीलको सुरक्षाका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको ठाँउमा डिएसपी सानुराम भट्टराईको कमाण्डमा नेपाल प्रहरीका १० सुरक्षाकर्मी खटाईएको छ। प्रधान मन्त्री शेरबहादुर देउवाको सुरक्षामा पनि डिएसपी कमान्डमा नै हुँदै आएको छ।
त्यस्तै सशस्त्र प्रहरीको तर्फबाट भने प्रहरी नायव निरीक्षकको कमान्डमा २० जना सुरक्षाकर्मी तैनाथ गरेका छन्। भावि प्रधानमन्त्री हुने प्रवल सम्भावना देखीएको कारण शुरक्षा चुनौतीको हिसावले यसो गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया