Bisal Chautari Logo

कान्छी’को ‘यो जीउ दाउमा लाउने’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

- २० पुष २०७४, बिहीबार १२:४८ मा प्रकाशित


The song ‘Yo jiuma dauma laune’ is spoken by the public
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २० बिहिबार । फिल्म ‘कान्छी’ को ‘यो जीउ दाउमा लाउने गीत सार्वजनिक भएको छ । फिल्म युनिटले बिहीबार कान्छीको यो दोस्रो गीत सार्वजनिक गरेका हो ।
बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा दयाहाङ र श्वेता खड्का फिचरिङ भएका छन् । दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीतमा सजिएको गीतमा धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।
फागुन ४ बाट रिलिजको तयारीमा रहेको ‘कान्छी’को छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । फिल्ममा दया र श्वेताका साथै अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ। फिल्मको छायांकन मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम, काठमाडौं लगायतका ठाउँमा गरिएको छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस

Vocal: Dharmendra Sewan
Lyrics: Dayaram Pandey
Music: Arjun Pokhrel
Choreographer: Basanta Shrestha
Cast: Dayahang Rai,Shweta Khadka,Ashant Sharma,Anu Shah,Kameshor Chaurasiya,Prajwal Sujal Giri,Binod Neupane, Bhumika Shrestha,Ramesh Adhikari,Jay Nanda Lama & Nir Shah
Color Grading: Renish Phago
Editor: Banish Shah / Bhupendra Adhikari
Animation: Anupam Shah
Asst. Camera: Sher Bahadur Lama
Asst. Directors: Dipta Prakash Adhikari / Sulabh Pahari
Asst Dance Director: Dipendra Timilsina
Dress Designer:Robin Pariyar
Writer: Yam Thapa
Action: Himal KC
5.1 Mixing: Mukesh Shah
Post Production: Kindle Cine Studio
Production Designer: Arun Regmi
Production Manager: Dilip Pant
Co-Producer: Rabin Khadka
Producer: Shweta Khadka / Shailesh Khadka
Chief Asst. Directer: Ram Saran Koirala
Director: Akash Adhikari

प्रतिक्रिया