Bisal Chautari Logo

४ जना प्रदेशसभा समानुपातिक सांसद कांग्रेसले हटायो को-को परे (नामसहित)

- २० पुष २०७४, बिहीबार ११:४१ मा प्रकाशित


The 4 Rajya Sabha Paraguay MP removed the Congress
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २० बिहिबार । कांग्रेसबाट प्रदेशसभा समानुपातिक सांसदमा ४ जनाको नाम हटाएको छ। निर्वाचन आयोग त्रुटिपूर्ण रहेको भन्दै प्रदेशसभातर्फ समानुपातिक सूचीको नाम सच्याउन आदेश दिएको थियो ।
प्रदेश नम्बर १ मा टेकचन्द्र विश्वासको नाम हटाइएको छ। उनको ठाउँमा कल्पनाकुमारी सरदारलाई समेटिएको छ। यस्तै सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम आयोगमा पेश गरिएको छ।
प्रदेश नम्बर २ मा भने सलमा खातुनको नाम हटाएर आदिवासी जनजाति कोटाबाट शोभा लामाको नाम बुझाइएको छ। प्रदेश ५ मा सूर्यमति उपाध्यायको सट्टा शान्तिदेवी बर्मा सोनारलाई दलित कोटाबाट पठाइएको छ।

प्रतिक्रिया