Bisal Chautari Logo

मन्त्रीको दबाब नमान्दा बजेट महाशाखा प्रमुखको जागिर गयो

- २० पुष २०७४, बिहीबार ११:१३ मा प्रकाशित


The budget headed by the Superintendent head went on to give no pressure on the minister
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २० बिहिबार ।अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनियन्त्रित रुपमा विभिन्न शीर्षकमा बजेट निकासा गर्न दिएको निर्देशनलाई अवज्ञा गरेको भन्दै मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव केवलप्रसाद भण्डारीलाई महाशाखाबाट हटाएका छन्।
विभिन्न समूहहरु सरकारलाई प्रभावमा पारी अनियमित र गैरकानुनी रुपमा करोडौं रकम निकासा गराउन सक्रिय रहदै आएको अवस्थामा बजेट महाशाखा प्रमुख सहसचिव भण्डारीले त्यस्तो प्रयास रोक्न प्रयास गरेकाले महाशाखाबाट निश्कासनमा परेको मन्त्रालयकै अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया