Bisal Chautari Logo

सिलवालले भने– म फरार छैन, पुर्वर्धारीत कार्यतालिका अनुसारनै मलेसिया आएको हुँ

- १९ पुष २०७४, बुधबार १३:०० मा प्रकाशित


Silwal said- I am not absent, according to the termination schedule, Malaysia has come
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १९ बुधबार । ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल मलेसिया पुगेका छन् । सिलवाले भने म फरार छैन् म पुर्वर्धारीत कार्यतालिका अनुसारनै मलेशिया आएको हुँ ।
                                                                                                                               फाइल फोटो

तर यता सिलवाललाई पक्रउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार मात्र ललिपतुर प्रहरीलाईपक्राउ आदेश दिईएको थियो । पक्राउ गर्न गोदावरीस्थित निवास पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ ।
प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले कासमु फरक भएको प्रसङ्गमा कस–कसको गल्ती हो छानबिन गर्न निर्देशन दिएको थियो ।
यसैबीच, मलेसियामा रहेका सिलवालले आफू पूर्व निर्धारित कार्यक्रममा भाग लिन आएको सबैलाई जानकारी रहेको भन्दै अनावश्यक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधका लागि एकपछि अर्को प्रचारबाजी गरेको बताए ।

टेलिफोनमा कुरा गर्दै सिलवालले भने, ‘म फरार पनि छैन र मलाई पक्राउ गर्नुभन्ने पत्र पनि छैन । अनुसन्धानलाई सघाउन म सधैं तयार छु । म काठमाडौंमा हुन्जेल केही भएन, अहिले कार्यक्रममा आएको मौकामा प्रहरीका केही अधिकारीलाई धम्की दिएर पक्राउको हल्ला चलाइएको छ ।’

प्रतिक्रिया