Bisal Chautari Logo

ठगीको आरोपमा पक्राउ परेका साम्रनज्ञीको प्रेमी खड्का अझैपनि जेलमै

- १९ पुष २०७४, बुधबार १२:४९ मा प्रकाशित


Arrested on fraud charges
विशाल चौतारी समाचार
काठमाडौं ,२०७४ पुस १९ बुधबार । महेश खड्कालाई प्रहरीले केही साताअघि हिरासतमा लिएको थियो । उनी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमी हुन । मंसिर २८ गते प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ।
                                                                                                                    फाइल फोटो

डेजाभु कल्वका मालिक समेत रहेका साम्राज्ञीका प्रेमी अर्थात मयंकको सो क्लबमा भएको तोडफोड र ठगी मुद्धा अनुसन्धानका लागि उनलाई प्रहरीले प्रक्राउ गरेको थियो ।
खड्का लगायत आयोजक र क्रिकेटर पृथुमाथि ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरिएको छ ।
उनी लगायत कार्यक्रम आयोजकले मंसिर २७ दरबारमार्गको डेजाभु कल्वमा अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई नेपालमा बोलाएर केटिएम लाईभ इन्टरटेन्मेन्ट र सिक्स वन लाइभले डेजाभुमा वुधबार बेलुका टिकट विक्री गरी कार्यक्रम राखेका थिए ।
तर कार्यक्रममा डिजे मार्सेमेलो उपस्थित भएनन् । डिजे उपस्थित नभएपछि कार्यक्रममा सहभागि दर्शकले तोडफोड गरेका थिए । कार्यक्रममा डिजे उपस्थित हुन नसकेपछि दर्शकको टिकटको पैसा फिर्ता नदिइ ठगी गरेको आरोपमा अनुसन्धानका लागि उनीहरुलाई प्रक्राउ गरिएको थियो ।

प्रतिक्रिया