Bisal Chautari Logo

दुई विद्यार्थी संगठनबीच झडप हुँदा चार घाइते

- १९ पुष २०७४, बुधबार १२:३७ मा प्रकाशित


Four injured when two student organizations were injured
विशाल चौतारी समाचार
चितवन ,२०७४ पुस १९ बुधबार । दुई विद्यार्थी संगठनका विद्यार्थीबीच विवाद भई झडप हुँदा चार जना घाइते भएका छन् ।
जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी बीच आज क्याम्पसमै झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा क्याम्पसबारे गरिएको टिप्पणीलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको थियो । घाइते हुनेमा अनेरास्ववियुका किसन घिमिरे, विकलचन्द्र श्रेष्ठ रहेका छन् भने अनेरास्ववियु क्रान्तिकारीका श्रीराम आचार्य र नितिलेश अधिकारी रहेका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते सबैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया