Bisal Chautari Logo

राति दुई घण्टामा फलामको रडले हानेर गरे ६ जनाको विभत्स हत्या

- १९ पुष २०७४, बुधबार १०:०४ मा प्रकाशित


6 killed and killed by iron rods
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १९ बुधबार । भारतको हरियाणा राज्यमा पूर्व सरकारी कर्मचारीले रडले हानेर ६ जनाको विभत्स हत्या गरेका छन् । गएको मंगलबार राती एक पूर्व सरकारी कर्मचारीले ६ जनको अलग–अलग तरिकाले निर्मम हत्या गरेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यारालाई पक्राउ गरिएको छ । घटनामा आधारित एक सीसीटीभी फेला परेसँगै हत्यारा साइको भएको समेत पत्ता लागेको छ ।
हत्याराले रातिको दुई बजेबाट ४ बजेसम्म नजिक–नजिक रहेका ६ जनालाई फलामको छडले हानेर हत्या गरेका छन् ।’ अहिलेसम्म हत्याको कारण र हत्यारा र मृतकको बीचको सम्बन्धका विषयमा प्रहरीले केही बोलेको छैन । ति हत्याराले पहिलो हत्या अस्पतालको इर्मजेन्सी नजिकै गरेका थिए भने त्यसपछि पलवलमा पाँच जना पुरुषको हत्या गरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया