Bisal Chautari Logo

शरीरमा यसरी लुकाएर लागुऔषध ओसारपासार गर्छ

- १९ पुष २०७४, बुधबार ०९:५१ मा प्रकाशित


The body hides the body by keeping it hidden
विशाल चौतारी समाचार
नवलपरासी ,२०७४ पुस १९ बुधबार । नवलपरासीको डन्डा चोरमारा जंगलबाट मंगलबार प्रहरीले लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले शरीरमा लुकाइछिपाइ लागुऔषध ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लमजुङ बेँसीसहर नगरपालिका–२ का २६ वर्षीय जीवन धिताल, सप्तरीका १७ वर्षीय सुरेश लामा, मोरङ गोविन्दपुरका २० वर्षीय आकाश राई र दार्जिलिङ घर भई हाल काठमाडौं बस्ने २३ वर्षका मनोज लामा रहेका छन् । लु १ ख ९१४७ र लु १ ख ९३९१ नम्बरको यात्रु बसमा चढेर लागुऔषध ल्याउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जीवन धितालको शरीरबाट प्रहरीले डाइजेपाम सिरिज एक सय एम्पुल, फेनरागन एक सय एम्पुल र नुफिन एक सय एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका अन्य तीनजनाको साथबाट १२ सय ट्याबलेट नाइट्रोभेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरूले लागुऔषध शरीरका विभिन्न भागमा बेरेर लुकाइछिपाइ ल्याएका थिए ।

प्रतिक्रिया