Bisal Chautari Logo

देउवाले बोलाए पाँच पार्टीको बैठक, प्रदेश प्रमुखहरु पनि नियुक्त गर्ने

- १९ पुष २०७४, बुधबार ०९:१५ मा प्रकाशित


Deewala calls for five party meetings, state heads also
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १९ बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच पार्टीको बैठक बोलाएका छन् । देउवाले बिहीबार विहान ९ बजेका लागि बैठक बोलाएका हुन् । प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्नु अघि राजनीतिक सहमति खोज्न प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
                                                                                                                         फाइल फोटो

बैठकमा कांग्रेस, एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरु सहभागी हुनेछन् । यो बैठकमा सहमति भए भोलि नै मन्त्रिपरिषद् बैठकले सात वटा प्रदेशको अस्थायी मुकाम तोक्नेछ भने प्रदेश प्रमुखहरु पनि नियुक्त गर्नेछ । सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को अस्थायी मुकाम धनगढीलाई तोक्ने तयारी गरेको छ ।

प्रतिक्रिया