Bisal Chautari Logo

राजेश पायलले ककनीमा १० गीत गाउदा……….

- २ बैशाख २०७१, मंगलवार ११:४४ मा प्रकाशित


rajesh payal rai kakani
ककनी (नुवाकोट), २ बैशाख । आधुनिक तथा पाश्र्व गायनका नम्वर वान गायक राजेश पायल राई स्टेजमा पुग्न भन्दा अगाडी दुइ वटा गीत गाउने सोच बनाएर जान्छन्, तर दर्शकहरुको आग्रह र वान्समोरका कारण सधै ७ देखी १० वटा गीतहरु गाइरहेका हुन्छन् । यस्तै स्टेज कार्यक्रम गर्ने क्रममा २०७१ साललाई स्वागत गर्न बैशाख १ गते ककनीमा गरिएको ‘जंगल ट्राउट फल्स रिसोर्ट म्युजिकल फ्रष्ट २०७१’ नामक साङ्गीतिक कन्र्सटमा गायक राजेश पायलले आफ्ना नयाँ–पुराना गीतहरु गाए । 
जंगल ट्राउट फल्स रिसोर्टको औपचारिक उद्घाटनमा गरिएको कार्यक्रममा गायक राजेश पायल राईले अहिले राम्रो व्यावसाय गरिरहेको चलचित्र ‘नाइ नभन्नु ल २’को टाइटल गीत फेरी फेरी नाइ नभन्नु ल बोलको गीतबाट गाउन सुरु गरेका थिए । कार्यक्रम दिउसै सुरु भएपनि गायक राई कार्यक्रमको अन्तमा पुगेर दर्शकहरुलाई नचाएका थिए । २०७१ सालको शुभकामना प्रदान गर्दै गायक राईले दोस्रो प्रस्तुतीको क्रममा ‘सागर सरी चोखो माया’ बोलको गीत गायका थिए । सो गीत गाउन नव गायिका बिनु राईले सहयोग गरेकी थिइन् । 
सोही दुइ गाउन भनेर स्टेजमा पुगेका गायक राजेश पायल राईलाई दर्शकहरुको हुटिङ र वान्समोरका कारण थप गीत गाउन बाध्य बनाएको थियो । गायक राईले दर्शकहरुको चाहनालाई बुझ्दै फरी ‘दिक्तेल बजार’ बोलको गीत गाए । जोडी जोडी उपस्थित भएको कार्यक्रममा राईलाई साथ दिन केही दर्शकहरु स्टेजमै पुगेका थिए । जव गायक राईले ‘ओखरे साइला, ओखरे साइली’ बोलको गीत गाउन सुरु गरे सबै दर्शकहरु उठेर नाच्न सुरु गरेका थिए । गायक राईले क्रमश : दर्शन नमस्ते, धरान धनकुटा, मोहनी लाग्ला है, आखा झ्याम झ्याम, दर्शन नमस्ते २, ओके बोलको १० गतिहरु गाएका थिए । 
सो दश गति गाउने क्रममा केही पत्रकारहरु समेत स्टेजमै गएर गायक राईको संगीतको तालमा उफ्रिदै नाचेका थिए । कोही फ्यानहरु भने स्टेजमै आएर किस खान खोज्दा उनले नकारेका थिए । 
त्यस्तै कार्यक्रममा गायीका शशि रावललेपनि आफ्ना चर्चित गीतहरु गाएकी थिइन् । त्यस्तै अर्का गायक उजन नेम्वाङलेपनि कार्यक्रममा दर्शकहरुलाई स्टेजमा उफार्न सफल भएका थिए । कार्यक्रममा क्रमश: संजल चौधरी, सागर राज, डन शाही, आवर्तन लगायतले गाएका थिए ।

प्रतिक्रिया