Bisal Chautari Logo

बाँदरलाई हानेको गोली मान्छेलाई लागेर वृद्धको मृत्यु

- १८ पुष २०७४, मंगलवार १०:४३ मा प्रकाशित


The death of the elder by taking a bullet to a monkey
विशाल चौतारी समाचार
पाल्पा ,२०७४ पुस १८ मंगबार । बाँदरलाई हानेको गोली लाग्दा पाल्पामा एक जना वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउँ गाँउपालिका –६ ,मस्यामको छत्तीवन जंगलमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको हो ।

                                                                                                                            फाइल फोटो

सोमबार साँझ सोही गाउँका ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर स्थानीय थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गोली प्रहार गर्ने लम्तरीलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बाँदरलाई गोली हान्दा थापालाई लागेको प्रहरीलाई बयान दिएका छन । घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया