Bisal Chautari Logo

खानाखादा घाँटीमा भात अड्किएर मृत्यु

- १८ पुष २०७४, मंगलवार ०९:४८ मा प्रकाशित


Death scarcity in the dried neck, death
विशाल चौतारी समाचार
लालबन्दी,२०७४ पुस १८ मंगबार । महोत्तरी लक्ष्मीनियाँका ६० वर्षीय टेकबहादुर तामाङको खाना खाने क्रममा घाँटीमा खाना अड्किदा मृत्यु भएको छ ।
                                                                                                                       फाइल फोटो

तामाङको नवलपुरमा गएराति मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार लालबन्दी–१ नवलपुरका उपेन्द्र चालिसेको निर्माणाधिन घरका कामदार तामाङले गएराति खाना खाने क्रममा घाँटीमा भात अड्काएका थिए ।
उनको राति १० बजे भात खाने क्रममा घाँटीमा भातको गाँस अड्किएपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया