Bisal Chautari Logo

अस्पतालमा छोरी जन्माए आठ लाख पाउने

- १७ पुष २०७४, सोमबार ०९:२९ मा प्रकाशित


Eight million children will be born in the hospital
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १७ सोमबार । हिजोआज नेपालमा मात्र होइन निकै नै पूरातनवादी समाज भएको भारतमा पनि छोरीलाई हेर्ने दृष्टीकोण फेरीएको छ । २१ औं शताब्दीमा आएर मानिसहरु भन्छन् छोराछोरी बराबरी ।
यसैबिच भारतको कर्नाटक राज्यस्थित बीबीएमपी अस्पतालले नयाँ वर्ष २०१८बाट अस्पतालमा छोरी जन्माउने बालिकाका बुवाआमालाई भारु ५ लाख अर्थात् ८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । समाजमा समानता ल्याउनका लागी उक्त अस्पतालले छोरीहरुको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर यस्तो कदम चालेको बताएको छ ।
सो रकमलाई बालिका स्कुल पढ्न जाने उमेरकी भएसँगै उनको शिक्षामा खर्च गरिने अस्पतालले जनाएको छ । त्यस आठ लाख रुपैयाँ एकमुष्ठ रुपमा खातामा नै जम्मा गरिदिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया