Bisal Chautari Logo

भाग्य चम्काउँनका लागि यी चीज घरमा भित्र्याउनुस्

- १६ पुष २०७४, आईतवार १०:५५ मा प्रकाशित


Take these things to the house for a lucky break
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १६ आइतबार । धन सम्पत्ति आदी कुराको कहिल्यै कमी महशुस नहोस् । यदी तपाई पनि यही चाहना राख्नु हुन्छ भने केही यस्ता चिजका बारेमा आज हामी तपाईलाई जानकारी गराउँछौं ।
जुन चिज घरमा राख्दा भाग्य चम्काउने विश्वास गरिँदै आएको छ । यी सबै चिज धनकी देवी लक्ष्मीसँग जोडिएका छन् । यी मध्ये कुनै एक चिज नयाँ वर्षका दिन घरमा भित्र्याउनु भयो भने भाग्य चम्किने विश्वास गरिन्छ ।
यस्ता छन् ती चिजहरुः
लक्ष्मी माताको पाइलाः नयाँ वर्षका दिन तपाईले घरमा चाँदीले बनेको लक्ष्मी माताको पाइला ल्याउनु भयो भने तपाईको घरमा सदैव लक्ष्मीले वास गर्ने विश्वास गरिन्छ।
श्रीयन्त्र यन्त्रः शास्त्रमा श्रीयन्त्रका बारेमा विशेष महिमा बताइएको छ। यसलाई यन्त्रराजको उपाधि दिइएको छ। यस यन्त्रलाई धन वृद्धी, धन प्राप्ति, कर्जासम्बिन्ध धन पाउने, ऋण प्राप्ती जस्ता कुरामा उपयोग गरिन्छ। नयाँ वर्षका दिन यसलाई घरको पूजा कोठामा स्थापना गर्दा उत्तर मानिन्छ।
कुबेर प्रतिमाः भगवान् कुवेर यक्ष गन्धर्भका स्वामी हुन्। उनले समस्त संसारको धनको रक्षा गर्ने विश्वास गरिन्छ। यिनको प्रतिमा घरको उत्तर दिशामा राख्न उत्तम मानिन्छ। उक्त प्रतिमाको स्थापनापछि हरेक दिन उक्त स्थानको सरसफाइमा ध्यान दिन आवश्यक छ।
यी बारेक अन्य ६ कुरापनि तपाइले घरमा भित्र्याउनु भयो भने शुभ मानिन्छ। जस्तै दक्षिणवर्ती शंख, मोती शंख, पारद लक्ष्मी प्रतिमा (कौडी), कमल गठ्ठा (लघु नरिवल)

प्रतिक्रिया