Bisal Chautari Logo

साँढेको आक्रमणबाट मृत्यु

- १६ पुष २०७४, आईतवार ०९:३३ मा प्रकाशित


Death from the Bull Attack
विशाल चौतारी समाचार
कपिलवस्तु,२०७४ पुस १६ आइतबार । महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ ।
                                                                                                                                फाइल फोटो

साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताए । आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ । स्थानीयवासी बृजेश यादवले एक हप्तादेखि साँढेले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको जानकारी दिए।
साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको छ । अहिलेसम्म १०भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ ।

प्रतिक्रिया