Bisal Chautari Logo

ओली र प्रचण्ड राजनीतिबाट सन्यास लिई लेक्चर दिन जादा हुन्छ: योगेश भट्टराई

- १६ पुष २०७४, आईतवार ०९:२५ मा प्रकाशित


Oli and Prachand politics is a long time to lecture
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १६ आइतबार । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएको छ।
सबै जनताले पार्टी एकता चहेको र अब चाडै पार्टी एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिएका हुन । भट्टराईले भने
‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन ।’
एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताको काँधमा दिएर ओली र प्रचण्डले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानु पर्ने भट्टराईको भनाई छ ।

प्रतिक्रिया