Bisal Chautari Logo

रोनाल्डोका कारण इस्कोले रियल छोड्ने

- १४ पुष २०७४, शुक्रबार १०:०८ मा प्रकाशित


Ronaldo’s reason to leave Islesley Real
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १४ शुत्रबार । क्रिस्टियानो रोनाल्डोको कारण स्पेनिस मिडफिल्डर रियल छोड्ने सम्भावना बढेको स्पेनिस सञ्चारमाध्यम डायरी गोलले जनाएको छ । सिजनको सुरुआतमा सिटीसँग जोडिएका इस्कोले क्लबसँग थप ६ वर्षे सम्झौता नवीकरण गरेपनि क्रिस्टियानो रोनाल्डोको कारण स्पेनिस मिडफिल्डर रियल छोड्ने सम्भावना बढेको हो ।
बार्सिलोनासँगको ३९० को पराजयमा बेन्चमै सीमित रहेका इस्को रोनाल्डोले जिदानलाई दिएको सुझावका कारण खेल्ने अवसर नपाएको डायरी गोलले जनाएको हो । इस्कोले यो सिजन ला लिगामा रियलको १६ खेल मध्ये १५ खेलमा अवसर पाए पनि निकै महत्व बोकेको ‘एल क्लासिको’मा खेल्न नपाउनु उनको लागि निराशजनक थियो । उनले १५ मध्ये १३ खेलमा सुरुआत गरेका हुन् ।
एल क्लासिको पछि इस्कोले आफैँ खेल्न नचाहेको हल्लाहरु ट्विटरमा चल्न थालेपछि उनले ट्विटर मार्फत यस्तो प्रतिक्रिया दिएका थिए । ‘वाइयात कुराहरु छाड्नुहोस्, मैले खेल्ने अवसर नपाउने मैले चाल पाएको थिए ।

प्रतिक्रिया